स्वदेश फर्क, स्वदेशै स्वर्ग

श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाह

राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक श्री नरेश बहादुर सिंहको सन्देश​

मुलुकको बर्तमान व्यबस्था र अवस्थाबाट राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, धर्म, संस्कृति र देशको अस्थित्व नै समाप्त हुने संघारमा रहेकोछ । मुलुक जोगाउन नेपाली जनतामा निहित रहेको सार्वभौमसत्ताको सार्वभौम अधिकारलाई प्रयोग गर्दै राष्ट्रिय नागकि संघर्ष समितिको स्थापनाभई कार्यान्वयनमा रहेको व्यहोरा आदरणीय सार्वभौम नेपाली जनतालाई जानकारी गउदछु ।

मुलुकको वेथितिलाई हटाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, धर्म सस्कृति, परम्परा र राष्ट्रिय स्वाभिमानलाई जोगाउन जनता नै अघि बढनुपर्ने अवस्था आएकोले नेपालको राष्ट्रिय झण्डामुनी गोलवन्द भई पार्टी भन्दा माथि उठी नेपाली मन र नेपाली पन सहित राष्ट्रिय नागरिक सघर्ष समितिले आह्मन गरेको सघर्षका विभिन्न कार्यक्रमहरुमा सहभागि हुन हार्दिक अपिल गर्दछौं ।